धनगढी । नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन आज धनगढी पुगेका छन् । उनलाई स्वागत गर्न विमानस्थल पुगेका कमल बहादुर शाह विमानस्थलभित्र प्रवेश गरेका थिए भने सुदूरपश्चिम प्रदेश सरकारका अन्य मन्त्रीहरू गेटमै रोकिएका छन् ।
सभापति थापालाई स्वागत गर्न सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला मन्त्री बहादुर थापा, वन मन्त्री शिवराज भट्ट तथा अर्थ राज्यमन्त्री प्रकाश बम पनि विमानस्थल पुगेका थिए । तर यसपटक मुख्यमन्त्रीबाहेक अन्य नेताहरूलाई विमानस्थलभित्र प्रवेश गर्न नदिइएको बताइएको छ । यसअघि भने नेताहरू धावनमार्ग नजिक पुगेर स्वागत गर्ने प्रचलन रहेको थियो ।
नेपाली कांग्रेसले आज सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आयोजना गरेको छ । नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सभापति थापाले पार्टी संगठन, प्रदेश सरकारको भूमिका र आगामी राजनीतिक रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे हिजै धनगढी पुगिसकेका छन् । विशेष महाधिवेशनपछि कांग्रेसले सुदूरपश्चिमबाट प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग सामूहिक छलफल अघि बढाएको हो ।




















प्रतिक्रिया