Logo

प्रमुख समाचार

आज धनगढी जाँदै कांग्रेस सभापति थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आज धनगढी जाँदैछन् । धनगढीमा आयोजित प्रदेश स्तरीय भेला उद्घाटनका लागि उनी अहिले बिहान ८ बजे बुद्ध एयरको जहाजमार्फत त्यसतर्फ जान लागेका हुन् ।

दुई दिनसम्म चल्ने प्रदेश र स्थानीय तह केन्द्रीत भेलाको लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरुराज घिमिरे बिहीबार नै धनगढी पुगिसकेका छन्।

गत वैशाख २३ गते बसेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार ०९:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।