Logo

अर्थ

सेयर बजारमा झिनो अंककाे सुधार, २ अर्ब ८४ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन बुधबार पनि सुधार देखिको छ । आज सेयर बजार नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा पुगेको छ ।

आज दिनभरिमा ३१३ कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन नेप्सेमा १६८ कम्पनीको सेयरभाउ बढ्दा ६८ वटाको घटेको छ भने ११ वटा स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त, बुद्धभुमी हाइड्रोपावर, इष्र्टन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ .२५ प्रतिशतका दरले गुमाएका छन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १५:४६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।