Logo

खेलकुद

लिभरकुसेनसँग हार्‍यो बायर्न म्युनिख



काठमाडौं- जर्मनी बुण्डेसलिगा अन्तर्गत लिभरकुसेनले बायर्न म्युनिखमाथि जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा लिभरकुसेनले बायर्न म्युनिखलाई ३-० गोल अन्तरले पराजित गरेको हो। लिभरकुसेनको जितमा जोसिप स्टानिसिक, एलेक्स ग्रिनाल्डो र जेरेमी फ्रिमपोंगले एक एक गोल गरेका थिए।

यो लिभरकुसेनको लिगमा १७औं जित हो। यस सिजनमा अपराजित रहेको लिभरकुसेनको २१ खेलमा ५५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यसैगरी बायर्नको भने २१ खेलमा ५० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति : २८ माघ २०८०, आईतवार ०७:२०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।