Logo

खेलकुद

जिरोनामाथि रियल म्याड्रिड ४-० ले विजयी



काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि शानदार जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई ४-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिडले दोस्रो स्थानमा रहेको जिरोनामाथि स्पष्ट ५ अंकको अग्रता हासिल गरेको छ। रियलको २४ खेलमा ६१ अंक भएको छ भने जिरोनाको ५६ अंक रहेको छ।

प्रकाशित मिति : २८ माघ २०८०, आईतवार ०७:३१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।