Logo

अर्थ

हिमालयन लाइफले झापाबाट सुरु गर्‍यो बीमा जागरण अभियान



काठमाडौं- जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोडबाट देशव्यापी बीमा जागरण अभियानको शुभारम्भ गरेको छ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्ण र बिर्तामोडका उपमेयर नगेन्द्र प्रसाद संग्रौलाले शुक्रबार एक औपचारिक कार्यक्रमका बीमा अभियानको संयुक्त उद्घाटन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सर्वसाधारणसम्म बीमाको लाभमा पुर्याउन आवश्यक भएकाले बीमा कम्पनीले गाउँ गाउँसम्म अभियान लिएर जानुपर्ने धारणा व्यक्त गरे। उपप्रमुख संग्रौलाले जागरण अभियानका लागि इन्स्योरेन्सले थालेको पहलको प्रशंसा गर्दै सर्वसाधारणलाई बीमाको दायरामा समेट्न सबै पक्षको हातेमालो जरुरी भएको बताए।

प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा क्षेत्रको विश्वसनीयता बढाउन सबै पक्षको इमान्दारीपूर्ण सकृयता आवश्यक रहेको विचार व्यक्त गरे। कार्यक्रमको अवसरमा हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत कर्णले बीमा सम्बन्धमा सर्वसाधारणमा सचेतना फैलाउनका लागि देशका सबै ७७ वटै जिल्लामा अभियानकै रुपमा जागरण अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोद पोखरेल, हिमालयन लाइफका भुपराज पराजुली, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, चेम्बर अफ कमर्श बिर्तामोडका अध्यक्ष ओम प्रसाद बिमली, उवा संघ बुद्धशान्ति नगरका अध्यक्ष चन्द्र उप्रेती लगायतले अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार ०८:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।