चितवन । सरकारले दूधको भुक्तानी नदिएको भन्दै चितवनका दूध किसानहरुले सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् ।
उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका हुन् ।
दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथितिको विरोधमा आफूहरू आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।
किसानहरुले सडकमा दुध पोखाउनुका साथै किसानको समश्याको समाधानको लागि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् । उक्त अबसरमा सरकारले आफुहरुको आन्दोलनलाई वेवास्ता गरिएको खण्डमा अझ ससक्त रुपमा आन्दोलन गरीने अध्यक्ष बगालले बताए ।
किसानहरुले उत्पादन गरेको दुधको बिक्रीको ब्यबस्था र किसानहरु पाउनु पर्ने भुक्तनी पाउनु पर्ने २ वटा माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानहरुले साउन महिना देखिको करीब ५२ करोड भुक्तानी बाकी रहेको जनाएका छन् ।
त्यस्तै ५ दिनदेखि दुध बिक्रि नभएको उनीहरुको भनाइ छ । चितवनवाट दैनिक १ लाख ५१ हजार लिटर दुध बिक्री हुदै आएको छ दुध बिक्री नभएर फाल्नु पर्ने अबस्था भए पछि नचाहदा नचाहदै पनि सडक दुध पोख्न बाध्य भएको किसानहरुले जनाएका छन् ।




















प्रतिक्रिया