Logo

अर्थ

निरन्तर ओरालो यात्रामा सेयर बजार



काठमाडौं । सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। आज नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको हो।

आज ३१३ कम्पनीको ६३ करोड ४१ लाख १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ८० कम्पनीको सेयर मुल्य बढेको छ भने १५९ कम्पनीको सेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, हिमालयन उर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् आज यस कम्पनीक ालगानीकर्ताले ७ दशलमव ८४ प्रतिशतका दरले गुमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

एनआईसी एसिया बैंक ६ करोड २६ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर ६ करोड ९ लाख रुपैयाँ,सगरमाथा जलविद्युत ५ करोड ८६ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावर ५ करोड ५७ लाख रुपैयाँ,जोशी हाइड्रोपावर ५ करोड २ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ४ करोड ९ लाख रुपैयाँ,ङादी ग्रुप पावर ३ करोड ९४ लाख रुपैयाँ,हिमालयन डिस्टिलरी ३ करोड ३४ लाख रुपैयाँ,बोटलर्स नेपाल २ करोड ९८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १५:४३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।