Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, २ अर्बमाथिको कारोबार



काठमाडौं । सेयर बजारमा बुधबार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ को विन्दुमा बन्द भएको छ ।

आज ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भउको छ । आज ७१ कम्पनीको शेयर मुल्य बढेको छ भने १७० कम्पनीको सेयर मुल्य घटेको छ ।

आज सबैभनदा धेरै विशाल बजार कम्पनी, बोटलर्स नेपाल बालाजू र बोटलर्स नेपाल तराईका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रशिततका दरले कमाएका हुन् । बिपीडब्लु लघुवित्तका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.६६ प्रतिशतका दरले गुमाएका हुन् ।

आज सोनापुर मिनरल्‍स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १५:३३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।