काठमाडौं- जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदैछ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९:३० बजेदेखि शुरु हुने छ।
जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन्। दुवैले नेपालविरुद्धका खेल जितेका छन्। सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्याण्डसले नेपालमाथि २ रनको जित हासिल गरेको थियो।
आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ। नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ। त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ।
सिरिजको खेल तालिका
– नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार।
– नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार।
– नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार।
-नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार।
फाइनल, फागुन २२ गते मंगलबार




















प्रतिक्रिया