Logo

राजनीति

प्रचण्ड क्याविनेटमा उपेन्द्रलाई पाँचौँ वरियता



काठमाडौं- पूर्वउपप्रधानमन्त्री भइसकेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्रिपरिषद्मा पाँचौँ वरीयतासहित सहभागी भएका छन्।

स्वास्थ्य मन्त्रालय लिएर सरकारमा सहभागी भएका उपेन्द्र पाँचौँ वरियतामा रहेका छन्। मन्त्रीपरिषद्मा दोस्रो वरियतामा रघुवीर महासेठ, तेस्रोमा नारायणकाजी श्रेष्ठ र चौथोमा रवि लामिछाने छन्।

एमालेसहितको चार दलको हस्ताक्षर भएको सहमतिमा यादवको समेत हस्ताक्षर थियो।सरकारमा सहभागी हुनेबारे पार्टीमा मतभेद बढेपछि यादवले निर्णय गराउन सकेका थिएनन्।

एक राज्यमन्त्री सहित सरकारमा सहभागी हुने निर्णय गराउँदा वरियतामा कुरा मिलेन। उनले दोस्रो वरियता खोजेका थिए। अन्तमा पाँचौँ वरियतामा चित्त बुझाउँदै आइतबार राष्ट्रपति निवासमा शपथ लिए। उनीसँगै जसपाबाट नवलकिशोर साह बनमन्त्री भएका छन्।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १३:५१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।