काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा झरेको छ ।
आज ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच भएको छ । आज ३ अर्ब ९४ करोड ३५ लाख रुपैयााको सेयर कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार पनि घटेको छ ।
आज सबै उपसूचक रात्ताम्मे भएका छन् । आज ४४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १९६ कम्पनीको शेयर मूल्य घटेको छ ।
त्यस्तै, सबैभन्दा धेरै दुई लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज विन नेपाल लघुवित्तका लगानीकर्ताले र मानुषि लघुवित्तका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, आज सबैभनदा धेरै स्वाभिमान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.०२ प्रतिशतका दरले गुमाएका हुन् ।
अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ५० करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया