Logo

अर्थ

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरीलाई सीसीटीभी क्यामेरा हस्तान्तरण



काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रहरीलाई सीसीटीभी क्यामेरा र गोप्रो हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरी प्रभाग बलम्बुलाई पर्ने ३ थान सीसीटीभी क्यामेरा र २ थान गोप्रो क्यामेरा हस्तानतरण गरेको हो ।

उक्त सहयोगबाट अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा सडक दुर्घटना न्यूनिकरणमा मद्दत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलार् प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार २१:०९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।