Logo

प्रमुख समाचार

संसदमा कांग्रेसको प्रश्न- विवादित गृहमन्त्रीले राजीनामा दिएको खै



काठमाडौं– कांग्रेस संसद् रमेश लेखकले आज संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा दिएको जवाफ आफूहरूलाई चित्त नबुझेको बताएका छन्।

प्रतिनिधि सभामा बैठकमा बोल्दै उनले वर्तमान रबि लामिछानेमाथि उठेका प्रशनको विषयमा प्रधानमन्त्रीले दिएको जवाफमा चित्त नबुझेको बताएका हुन्।

उनले भने, ‘विवादास्पद मन्त्री भएपछि राजीनामा दिने चलन छ। खै त गृहमन्त्रीले राजीनामा दिएको खै ? प्रधानमन्त्रीलाई गलत सूचना दिइदै छ। उहाँलाई जानकारी नै छैन।’

लेखकले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्री ज्यू पोखरा जादा तपाईंले पीडित भेटेको हो होइन?’ पीडितले जाहेरी दिएका छन्। प्रधानमन्त्री अँध्यारोमा हुनुहुन्छ।’

उनले अन्य मन्त्रीहरूमाथि प्रश्न उठेपछि राजिनामा दिएको सूची नै सभामुखसामु प्रस्तुतसमेत गरे।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १४:१७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।