Logo

समाचार

स्ववियू पथरीले नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने



मोरङ- मोरङको पथरीशनिश्चरेमा रहेको पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। स्ववियूले निर्वाचित भएर आएको एक वर्ष पुगेको अवसरमा नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा चैत्र ९ गते क्याम्पस परिसरमा निशूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने स्ववियू सभापति केशर राइले बताए।

नगर क्षेत्र भरी अध्ययनरत विद्यार्थीहरुलाइ लक्षित गरी सञ्चालन गरिने उक्त शिविरमा ब्लड ग्रुप परिक्षण, स्त्री रोग विशेषज्ञ, दन्त चिकित्सा, आँखा उपचार र जनरल मेडिसिन लगायतको सेवा उपलब्ध हुनेछन्। शिविरमा ८ सय भन्दा बढी विद्यार्थीले सेवा लिने अनुमान स्ववियूले गरेको छ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार ०९:१२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।