काठमाडौं । बिहिबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । आज एकै दिन सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो ।
बिहीबार छापावाला सुनकाे मूल्य तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो ।
यसअघि फागुन २९ गते सुनको मूल्य तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियाे ।
चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।




















प्रतिक्रिया