Logo

अर्थ

माउन्टेन इनर्जीको साधारण सभा आज, के के छन् एजेण्डा?



काठमाडौं- माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण सभा आज (मंगलबार) बस्दै छ। सभाले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको हो। तसर्थ, फागुन २९ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र यस सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन। सभा अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार ०८:३१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।