Logo

अर्थ

अर्थ मन्त्रालयमा सहसचिव हेरफेर : बजेट महाशाखामा रितेश शाक्य, अन्यमा को?



काठमाडौं । अर्थमन्त्रालयको शक्तिशाली महाशाखाको रुपमा रहेका तीन वटा महाशाखाको जिम्मेवारी हेरफेर भएको छ ।

बजेट निर्माण प्रक्रिया शुरु हुँदै गर्दा अर्थमन्त्री वर्षमान पुनले राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा ल्याएका छन् ।

यस्तै बजेट महाशाखाका उत्तर खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखको जिम्मेवारी दिइएको छ । सोही अनुगमन मुल्यांकन महाशाखाका धनिराम शर्मालाई भने राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

सामान्यतया बजेट निर्माण गर्दै गर्दा बजेट लेखनको समुहमा यि तिन महाशाखा पर्दै आएका छन् । यसमा विशेष भुमिका बजेट महाशाखाको रहने गरेको छ । अन्य महाशाखाहरु भने यथावत राखिएको अर्थमन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १६:५९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।