Logo

अर्थ

बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार तोलामा १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ हजार २७ हजार ९०० रुपैयाँ कायम भएको हो । यस्तै तेजावी सुन तोलामा १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भएकाे छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ५१० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार ४९० रुपैयाँ कामय भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार ११:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।