Logo

खेलकुद

रियल म्याड्रिडको जितमा रोड्रीगोको दुई गोल



काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एथलेटिक क्लबलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एथलेटिक क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा रोड्रीगोले दुवै गोल गरेका थिए । उनले खेलको आठौँ र ७३औं मिनेटमा गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिडको ३० खेलमा ७५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ। रियल म्याड्रिड दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा स्पष्ट ८ अंकले अगाडी रहेको छ।

त्यसैगरी एथलेटिक क्लबको भने २० खेलमा ५६ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार ०७:२३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।