Logo

अर्थ

सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढ्यो



काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अछिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ११:५७   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।