काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनकाे मूल्य ताेलामा ७ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाला सुनकाे मूल्य प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे छापावाला सुनकाे मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे ।
त्यस्तै, तेजावी सुनकाे मूल्य प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया