काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो मूल्य हालसम्मकै उच्च हो ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज तेजावी सुनको प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएकाे छ ।




















प्रतिक्रिया