काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर नयाँ इतिहास कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनकाे मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै बिहीबार सुनकाे मूल्य प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । साथै शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया