काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको करिब २० लाख कित्ता सेयर लिलामी बिक्री भएको छ । हाइड्रोपावरले आज वैशाख १० गते सोमबारदेखि १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री खुला गरेको हो ।यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
उक्त सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद वैशाख २४ गतेसम्म रहेको छ ।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । यसअघि कम्पनीले गत फागुन १७ देखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ताका लागि मात्र परेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।
इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको कार्यालय काठमाडौं नक्साल, मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धारण विरगञ्ज, जनकपुर हेटौडा, नारायणगढ, चिप्लेदुंगा, बाग्लुंग, बुटवल, घोरही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।




















प्रतिक्रिया