Logo

कर्णाली प्रदेश

कर्णालीमा शपथ बहिष्कार गरेका शाह मन्त्रीबाट हटाइए



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्री पदको शपथ नलिएका विनोदकुमार शाहलाई मन्त्रिपरिषदबाट हटाएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद शाहले मन्त्रालय चित्त नबुझेको भन्दै शपथ लिन मानेका थिएनन् । मुख्यमन्त्री कँडेलले उक्त मन्त्रालय आफूसँगै राखेर शाहलाई मन्त्रिपरिषदबाट हटाएका हुन् ।

१८ वैशाखमा कँडेलले एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए ।

तर, शाहले दलका नेता समेत रहेका कँडेलले एकलौटी गरेको, सांसदहरूबीच कुनै सल्लाह नगरेको र पार्टी केन्द्रको निर्देशन विपरीत आफूलाई सामान्य मन्त्रालय दिएको भन्दै शपथ बहिष्कार गरेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार २१:०४   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।