Logo

अर्थ

कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले असार महिनाका लागि ब्याजदर यथावत राखेको छ । बैंकले जेठ महिनामा प्रदान गरेको ब्याजदर अर्थात् व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.६६६१ प्रतिशत कायम गरेको हो ।

जसअनुसार व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर लागि ४.२५५१ प्रतिशत , ६ महिनाका लागि ४.५५१ प्रतिशत ,६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत , १ वर्षदेखि ५ वर्षसम्मका लागि ५.६६६१ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै, संस्थागत निक्षेपको ब्याजदर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१०० प्रतिशत र बिडिङ्गका लागि ४.५१०० प्रतिशत ब्याजदर निर्धारण निर्धारण गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार ११:३१   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।