Logo

अर्थ

उखु किसानले पाए १ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी



जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले १ अर्ब ६१ करोड १० लाख ६३ हजार रुपैयाँ भुक्तानी लिएका छन् ।

एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार ५ सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताए । उनले भने , “चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ ।”

समयमै भुक्तानी पाएपछि उत्साहित भएका उखु किसानले थप जमिनमा उखु रोप्ने बताएका छन् । गौशाला नगरपालिका–११ का किसान दिनेश कुशवाहाले थप जमिनमा खेती बढाउने बताए ।

उक्त मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४ हजार ४ सय ४४ जना किसानबाट २९ लाख ४ हजार ५ सय ११ क्विन्टल उखु खरिद गरेका थिए । यसबाट कूल २ लाख ६४ हजार ४ सय ९१ क्विन्टल चिनी उत्पादन गरेको महाप्रबन्धक ठाकुरले जानकारी दिए । रासस

प्रकाशित मिति : २ असार २०८१, आईतवार १३:०७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।