Logo

अर्थ

१७ अंकले घट्याे सेयर बजार



काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट भएकाे छ । नेप्से परिसूचक १७.०४ अंकले बढेर २०९५ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर किनेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको १८ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोका लगानीकर्ताले ८.१७ प्रतिशतका दरले कमाएका छन् । कुथली बुखरीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २ असार २०८१, आईतवार १५:३०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।