काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनकाे मूल्य ताेलामा ६ सयले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार सामान्य घटेर तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया