Logo

खेलकुद

टी-२० विश्वकपको सुपर ८ को समीकरण पुरा



काठमाडौं । जारी टी-२० विश्वकपमा सुपर ८ को समीकरण पुरा भएको छ ।

सुपर ८ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका सुपर ८ मा पुगेका छन् ।

अब सुपर ८ को समुह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समुह २ मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन् ।

अब सुपर ८ को दुई समुहमा रहेका देशले एक अर्कासँग एक एक खेल खेलेपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । अब सुपर ८ का खेलहरु जुन १९ देखि हुने छन् ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार १२:०३   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।