Logo

अन्तर्राष्ट्रिय

एम्बाप्पेको नाक भाँचियो, युरोकपमा मास्क लगाएर खेल्ने



एजेन्सी । जारी युरोकपमा अस्ट्रियाविरुद्धको खेलमा किलियान एम्बाप्पे घाइते भएका छन् ।

फ्रान्सले १-० गोलले जितेको खेलमा एम्बाप्पेको नाकमा चोट लागेको थियो । खेलपछि उनको नाक फ्याक्चर भएको पाइएपछि अब उनले बाँकी खेल मास्क लगाएर खेल्ने भएका छन् ।

फ्रेन्च फुटबल फेडेरेसनले तत्काल एम्बाप्पेको नाकको कुनै सर्जरी नहुने स्पष्ट गर्दै उनको लागि मास्क बनाइने बताएको छ ।

फेडेरेसनले अहिले उनको नाकको उपचार जारी रहेको र उनी मास्क लगाएर खेल्ने जानकारी दिएको छ । फ्रान्सले जारी युरोकपमा विजयी सुरुवात गरेको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलवार १०:५७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।