Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि



काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंककाे वृद्धि भएकाे छ । सेयर बजार परिसूचक नेप्से २.२७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा कायम भएको छ ।

आज ३ अर्ब ४० करोडकाे कारोबार भएकाे छ । १३५ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ८ को स्थिर रह्यो ।

फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.६२ प्रतिशत (५८ अंक) बढ्यो । बैंकिङ १.६, हाइड्रोपावर ८.५, माइक्रोफाइनान्स ६.८, निर्जीवन बीमा १८.८ र अन्य समूह २.५ अंक बढे । विकास बैंक ५.२, होटल तथा पर्यटन समूह १९, जीवन बीमा १३, उत्पादन २८ र व्यापार समूह ३८ अंक घटे ।

नेपाल फाइनान्स र समाज लघुवित्तको मूल्य करिब १० प्रतिशत बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको ९.३, मन्दाकिनी हाइड्रोपावरको ८.२ सामलिङ पावरको ८, आत्मनिर्भर लघुवित्तको ७.३, सिर्जनशील लघुवित्तको ६.८, विन नेपाल लघुवित्तको ६.५ प्रतिशत मूल्य बढ्यो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार १५:३२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।