Logo

अर्थ

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढ्दै १ लाख ४२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख ४२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार ११:३३   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।