Logo

अर्थ

किसान लघुवित्त र जाल्पा लघुवित्तको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । यी दुई लघुवित्त मर्जर भइ असार २७ गतेदेखि एकीकृत कारोबार गर्दैछन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते अन्तिम स्वीकृति दिइसकेको थियो । मर्जर पश्चात मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार १०:४९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।