Logo

अर्थ

यूनाइटेड अजोडको हकप्रद सेयर निष्काशन सम्झौता



काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन गर्न सम्झौता भएको छ । कम्पनीको विशेष साधारण सभाबाट पारित निर्णय बमोजिम हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरिएको हो ।

जसअनुसार असार ११ गते सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार १०:४९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।