Logo

खेलकुद

एशिया कप महिला क्रिकेट : उद्घाटन खेलमा नेपाल र युएई खेल्ने



काठमाडौं । श्रीलंकामा हुने एशिया कप महिला क्रिकेटको उद्घाटन खेलमा नेपाल र यूएई खेल्ने भएका छन् । एशियाली क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले उद्‌घाटन खेलमा यूएईसँग खेल्नेछ ।

दोस्रो खेलमा नेपालले जुलाई २१ मा पाकिस्तानसँग र जुलाई २३ तारिखमा भारतसँग खेल्नेछ । आगामी जुलाई १९ तारिखदेखि २८ तारिखसम्म श्रीलंकामा हुने महिला एशिया कपमा ८ देशले भाग लिनेछन् ।

एशिया कपमा नेपालसहित भारत, पाकिस्तान, यूएई, बंगलादेश, श्रीलंका, मलेशिया र थाइल्याण्डले प्रतिष्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार १३:१०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।