लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड १७ लाख नाफा कमाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै बैंकको वित्तीय विवरण सार्वजनीक गरेको हो ।
गत वर्ष पहिलो त्रैमासमा बैंकले ९ करोड ६७ लाख रुपियाँ खुद नाफा कमाएको थियो । यस वर्षको नाफा नाफा अघिल्लो वर्षको भन्दा १५।४५ प्रतिशत बढी हो ।
चुक्ता पूजी २ अर्ब ७१ करोड रुपियाँ रहेको बैंकको रिजर्भ कोषमा १ अर्ब ४४ करोड रुपियाँ छ । बैंकले रिटेन्ड अर्निङ शीर्षकमा २१ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा २ प्रतिशतबाट बढेर २।३६प्रतिशत भएको छ ।
प्रतिसेयर आम्दानी १६ रुपियाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपियाँ ९८ पैसा रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।





















प्रतिक्रिया