काठमाडौँ । टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउदै भारतले २०२४ को उपाधि जितेको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको थियो । जवाफमा साउथ अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ मात्र बनाउन सक्यो ।
भारतका लागि विराट कोहलीले सर्बाधिक ७६ रन बनाएका थिए । त्यस्तै अक्सर पटेलले ४७, शिभम दुवेले २७ रन बनाएका थिए ।
त्यस्तै कप्तान रोहित शर्माले ९, ऋषव पन्त शुन्य, सूर्यकुमार यादव ३, हार्दिक पाण्डेयले ५ र रविन्द्र जडेजाले २ रन बनाएका थिए ।
त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरीच नोकिया र केशव महाराजले २(२ विकेट लिएका थिए भने मार्को जानसेन र कागीसो रबाडाले एक एक विकेट लिएका थिए ।
यो सहित भारतले दोस्रो पटक टी- २० विश्वकपको उपाधि जितेको छ । यस अघि भारतले २००७ मा पहिलो टी- २० विश्वकप जितेको थियो ।
त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रीका भने उपविजेता बनेको छ ।




















प्रतिक्रिया