Logo

खेलकुद

नेपाल प्रिमियर लिग आयोजना गर्ने क्रिकेट संघको निर्णय



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यो वर्ष नेपाल प्रिमियर लिग आयोजना गर्ने भएको छ ।

क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले आगामी नोभेम्बर–डिसेम्बर (कात्तिक–मंसिर)मा प्रिमियर लिग आयोजना गर्ने निर्णय गरेको हो । यद्यपि प्रतियोगिताको मिति भने तय भइनसकेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

बैठकले त्रिवि क्रिकेट मैदानको पिचहरु पुनः निर्माण गरी स्तरोन्नती गर्ने, मैदान विस्तार एवं व्यवस्थित गर्न फेन्सिङ सार्ने, ढल व्यवस्थापन गर्ने, हाल संचालनमा रहेका जिम हललाई व्यवस्थित गरी उपकरणहरु थप गर्ने लगायतका निर्णयहरु समेत गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १७:१४   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।