काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेले क्रेन्दीय सम्झौतामा (सेन्ट्रल कज्ट्रयाक्टमा) अनुबन्ध गरेको छ । बिहीबार र शुक्रबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई ए ग्रेडमा अनुबन्धन गर्ने निर्णय गरेको हो ।
उनको केन्द्रीय सम्झौता जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म कायम रहने क्यानले जनाएको छ । ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ ।
क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी पहिला नै समावेश थिए । बैठकले क्यानको प्रवक्तामा राखेपको कोटामा सदस्य भएका छुम्बी लामालाई मनोनीत गरेको छ ।




















प्रतिक्रिया