Logo

अर्थ

दिगोले नेपाली बजारमा १६ र १९ सिट क्षमताको गाडी ल्याउँदै



काठमाडौं । विद्युतीय गाडी कम्पनी दिगोले नेपाली बजारमा आफ्नै ब्रान्डका १६ र १९ सिट क्षमताको विद्युतीय गाडी ल्याउने भएको छ ।  कम्पनीले १६ सिट क्षमता भएको ‘दिगो ईभी ५’ र १९ सिट ‘ईभी ६’ नेपाली बजारमा ल्याउन लागेको हो ।

१०० किलोवाट पीक पावर प्रदान गर्ने मोटर भएको १६ सिटर दिगो ईभी ५ नाम दिएको गाडीमा ५० किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ । यसैगरी ईभी ६ नामक १९ सिटर गाडीमा १२० किलोवाट पीक पावर प्रदान गर्ने मोटर र ८६ किलोवाट आवर क्षमताको ब्याट्री आउने कम्पनीले जनाएको छ  ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १४:५८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।