Logo

अर्थ

दोहोरो अंकले बढ्याे सेयर बजार, ५ अर्ब ५३ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२ को विन्दुमा कायम भएको छ । आज १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेपाल फाइनान्सको १६ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यी दुई लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट स्किम ग्रोथ २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १५:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।