Logo

अर्थ

बक्यौता नतिरेको भन्दै प्राधिकरणले काट्यो थप दुई उद्योगको लाइन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ ।

भैरहवाको जगदम्बा सिन्थेटिक्स र सिमराको हुलास स्टीलको लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जगदम्बाले २० करोड ५० लाख रुपैयाँ हुलास स्टीलले १४ करोड १२ लाख रुपैयाँ बराबरको बक्यौता तिर्न बाँकी छ ।

बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने योजनाअनुसार दुई दिनअघि प्राधिकरणले तीन उद्योगको लाइन काटेको थियो ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १२:१३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।