Logo

अर्थ

सेयरधनीलाई ५ वर्ष पुरानो लाभांश बुझिलिन सिद्धार्थ बैंकको आग्रह



काठमाडौं । सिद्धार्थ बैंकले ५ वर्ष पुरानो लाभांश लिनका लागि अनुरोध गरेको छ ।

वार्षिक साधारण सभाले निर्णय गरेको मितिले ५ वर्षको अवधि समाप्त भएपछि पनि सेयरधनीहरुले लाभांश रकम नलिएको बैंकले जनाएको छ ।

विभिन्न आर्थिक वर्षमा वितरण गर्ने निर्णय भएको नगद लाभांश हालसम्म पनि नलिएका सेयरधनीहरुले वा हकवालाहरुले आवश्यक प्रमाण कागजातसहित बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा एक महिना भित्र सम्पर्क राख्नुपर्ने छ ।

कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम पाँच वर्षसम्म पनि नलिएको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १४:५२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।