काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार २९.२१ अंकले बढेर २२०४ को विन्दुमा कायम भएको छ । आज १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १४ करोड ८८ लाख रुपैयाँ संस्थापक सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बलेफी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया