काठमाडौं । श्रीलंकामा शुक्रबारदेखि सुरु भएको महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर संयुक्त अरब इमिरेट्स (यूएई)लाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समयअनुसार २ : १५ बजे सुरु हुनेछ ।
जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते) सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभागजन गरिएको छ ।




















प्रतिक्रिया