Logo

खेलकुद

काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा, नेपालले उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै



काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा सुरु हुँदै छ । उद्‌घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल र श्रीलंका बीचको खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ । बिहीबार नै भारत र इरान पनि ५:४५ बजेदेखि खेल्दै छन् ।

नेपाल टिमकी कप्तान अरुणा शाहीले घरेलु कोर्टमा स्वर्ण पदकको लक्ष्य राखेको बताएकी छन् । बुधबार भएको प्रि-म्याच कन्फरेन्ससमा उनले दुई साता अघि भएको रसियन टिमसँगको मैत्रीपूर्ण खेलले टिममा सुधार आएको बताएकी छन् । मैत्रीपूर्ण खेलमा नेपाल रिसिभ र डिफेन्समा कमजोर देखिएको थियो ।

श्रीलंकाले विपक्षी बलिया भए पनि राम्रो तयार साथ नेपाल आएको बताएको छ । नेपालले पछिल्लो पटक सन २०२१ मा भएको सेन्ट्रल जोनमा श्रीलंकालाई पाँच सेटमा हराएको थियो । लिगमा मालदिभ्स पनि सहभागी छ । मालदिभ्सले आफ्नो पहिलो खेल शुक्रबार भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १०:३०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।