Logo

अर्थ

२९ निर्माण कम्पनी कालोसूचीमा, १ देखि ३ वर्षसम्म काम गर्न नपाउने



काठमाडौं । सरकारले २९ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै यी निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

जसमा २ वटा निर्माण कम्पनीलाई ३ वर्ष, १५ निर्माण कम्पनीलाई २ वर्ष, ४ निर्मण कम्पनीलाई डेढ वर्ष, ४ निर्माण कम्पनीलाई १३ महिना र अन्य ४ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउँदैनन् ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार १४:५४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।