Logo

अर्थ

घोराही सिमेन्ट १ अर्ब २१ करोड घाटामा



काठमाडौं । घोराही सिमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार खुद नोक्सानी १ अर्ब २१ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनी ६ करोड ३१ लाख रुपैयाँ नाफामा थियो ।

आम्दानी अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ६२ करोड रहेकोमा गत आर्थिक वर्षमा ४ अर्ब ४७ करोडमा झरेको छ ।

कम्पनीको वित्तीय लागत भने ७९ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ४२ करोड ४९ लाख रुपैयाँ वित्तीय लागत रहेकोमा गत आर्थिक वर्ष यो ७६ करोड १७ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६८ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ९३ पैसा छ ।

४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भमा ४ अर्ब ९२ करोड रुपैयाँ छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार ११:४९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।